Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बन्दकर्ताले जलाए एमाले कार्यालय

बन्दकर्ताले जलाए एमाले कार्यालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७८ सोमवार • १९:५१:२१ बजे
  • 898
    SHARES
  • बन्दकर्ताले जलाए एमाले कार्यालय

    एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

    images

    सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

    सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

    सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए ।

    संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो ।

    सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।

    हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले कार्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology