Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७८ मंगलवार • ११:१७:३६ बजे
  • 1.2K
    SHARES
  • के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम

    एजेन्सी । युक्रेन द्वन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् । 3

    images

    रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ ।

    अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् ।

    ‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ ।

    परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीरमा वास्पिकरण गर्न सक्छ ।

  • सम्बन्धित विषय:

  • # घातक भ्याकुम बम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology