Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टोलिफोन वार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टोलिफोन वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • ०८:५६:४३ बजे
  • 841
    SHARES
  • प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टोलिफोन वार्ता

    युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

    images

    रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् ।

    उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो । ब्लिनकनले भनेका छन्रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ ।

    हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’ नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेको छैन ।

    नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो । नेपालको संसदबाट एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # टोलिफोन वार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology