Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्वाचनसम्मै सत्ता गठबन्धन

निर्वाचनसम्मै सत्ता गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • ०९:२९:२७ बजे
  • 1.8K
    SHARES
  • निर्वाचनसम्मै सत्ता गठबन्धन

    अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ ।

    images

    अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

    सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो ।

    पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए ।

    जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो ।

    कांग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology