Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • १३:५४:४६ बजे
  • 1.5K
    SHARES
  • एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

    नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी (जसपा) का आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    images

    बुधबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गरेका हुन् ।

    यसरी प्रवेश गर्नेहरुमा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम, एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, रमेश गौतम र राष्ट्रिय युवा परिषद् मधेस प्रदेश सञ्जालको संयोजक श्याम शाह रहेका छन् ।

    यसैगरी, निजगढ नगरपालिका–१२ का जसपा निकट गलैचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका–१२ निवासी बाबु थिङ, आदर्श कोतवाल गाउँपालिकाबाट स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी एवम् एमाले जिम्म कमिटी सदस्य लालबाबुप्रसाद यादवलगायत नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology