Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुखविरुद्ध दुस्प्रचार खेदजनकः सचिवालय

सभामुखविरुद्ध दुस्प्रचार खेदजनकः सचिवालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • १४:३१:५५ बजे
  • 952
    SHARES
  • सभामुखविरुद्ध दुस्प्रचार खेदजनकः सचिवालय

    सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले सभामुखविरुद्ध कपोलकल्पित विषयको उठान र दुस्प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

    images

    सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

    ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।

    नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउन् भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ’, उनको प्रेस नोटमा भनिएको छ ।

    देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उनले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयले आरोप लगाएको छ ।

    S1.jpg

  • सम्बन्धित विषय:

  • # सचिवालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology