रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
यदि यो शहरमाथि युक्रेनको नियन्त्रण नभए, यो रुसको कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।
यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए । युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो ।
रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।
यसैबीच दुबै देशका प्रमुखबीच सोमबार एक चरणको वार्ता पनि भएको थियो जुन निष्कर्षविहिन भएको थियो । रुसले युक्रेनमाथि हमला रोक्नका लागि जुन शर्त राखे त्यो युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गरिदिए ।
त्यसपछि रुसले युक्रेनमाथि हमलालाई तीब्रता दिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा मिसाइल हमला पनि भएका छन् ।