Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : झलनाथ खनाल

सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • १८:२८:०९ बजे
  • 1.1K
    SHARES
  • सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन् ।

    images

    बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकाले कुनै हालतमा पनि नटुट्ने बताए ।

    उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

    खनालले आफ्नो पार्टीका सांसद्लाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गरे । उनले मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिस्ट सरकारले जेष्ठ नागरिकलगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा सुरु गरेको बताए ।

    भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सुरु गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना ज्येष्ठ नागरिकहरुलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology