Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शृंखलाबद्ध बिस्फोटले हल्लियो युक्रेनको राजधानी

शृंखलाबद्ध बिस्फोटले हल्लियो युक्रेनको राजधानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:२५:४३ बजे
  • 1.3K
    SHARES
  • शृंखलाबद्ध बिस्फोटले हल्लियो युक्रेनको राजधानी

    किभ । युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् ।

    images

    रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।

    त्यसलगत्तै दुई ओटा बिस्फोटहरु मेट्रो स्टेसनहरुमा गराइएका थिए । अर्को बिस्फोट राजधानी नजिकै भएको थियो । हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सिर्जना गरेको थियो ।

    रुसी हमलाको आज आठौँ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरेको छ । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ ।

    बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् ।

    यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # युक्रेनको राजधानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology