Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:३३:२१ बजे
  • 811
    SHARES
  • एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।

    images

    एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने छ ।

    त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

    बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।

    प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदै छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology