Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा बर्डफ्लु भेटिएपछि ४०० कुखुरा नष्ट गरियो

पोखरामा बर्डफ्लु भेटिएपछि ४०० कुखुरा नष्ट गरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:३५:२५ बजे
  • 1.1K
    SHARES
  • पोखरामा बर्डफ्लु भेटिएपछि ४०० कुखुरा नष्ट गरियो

    पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो ।

    images

    संक्रमण देखिएको फार्मलाई नै इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३८१ वटा स्थानीय कुखुरा मारिएको छ ।

    यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५०९ वटा अन्डा, २२ केजी कुखुराको मासु, ३२२ किलो दाना र ३ हजार ८५० किलो सुली नष्ट गरिएको छ । कक्षका सन्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो ।

    कास्कीको मादी गाउँपालिका स्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो ।

    पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो । पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो ।

    नजिकका फार्महरुको निगरानी र परीक्षण समेत गर्न थालिएको न्यौपानेले बताए ।

  • सम्बन्धित विषय:

  • # ४०० कुखुरा नष्ट गरियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology