Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा

एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • १४:००:१६ बजे
  • 1.1K
    SHARES
  • एमसीसी सम्झौता अनुमोदनपछि विश्वमा नेपालको विश्वासनीयता बढ्यो : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट अनुमोदन भएपछि विश्वमाझ नेपालको विश्वासनीयता बढेको बताएका छन् ।

    images

    बिहीबार बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले आजको बैठकमा संसद्‌बाट एमसीसी पारित गर्न सघाएको भन्दै गठबन्धनका सदस्य दलहरुलाई धन्यवाद पनि दिएको मन्त्री कार्कीले बताए ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धन सम्बद्ध सबै पार्टीमा रहेको अप्ठ्यारो र तनावका बाबजुद एमसीसी अनुमोदन हुन सकेकोमा खुसी व्यक्त गरेका छन् ।

    बैठकपछि बोल्दै मन्त्री कार्कीले एमसीसी अनुमोदनपछि गठबन्धन झनै बलियो भएकाले अझै अगाडि बढ्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology