Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड सुनिश्चितता प्राप्त

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड सुनिश्चितता प्राप्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • १७:४७:१५ बजे
  • 1.1K
    SHARES
  • स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड सुनिश्चितता प्राप्त

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चिता प्राप्त भएको जानकारी दिएको छ ।

    images

    आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलअनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो ।

    आउँदो ३० वैशाखमा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनका लागि सरकारबाट आयोगलाई सो बजेटको सुनिश्चितता प्राप्त भएको हो ।

    मतदातासम्बन्धी विवाददेखि त्रुटि सच्याउनेसम्मका कार्य २० देखि २६ फागुनसम्म चल्ने जानकारी दिएको आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको बबताएको छ ।

    आयोगकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology