Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

देशभक्त एक हुने र मोर्चा बनाउने प्रस्ताव सकारात्मक : भीम रावल

देशभक्त एक हुने र मोर्चा बनाउने प्रस्ताव सकारात्मक : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • १७:४८:३५ बजे
  • 763
    SHARES
  • देशभक्त एक हुने र मोर्चा बनाउने प्रस्ताव सकारात्मक : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने बिषय सकारात्मक रहेको बताएका छन् ।

    images

    बिहीबार काठमाडौंमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन् ।

    देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए । त्यस्तै उहाले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चूनावमा ठोक्नुपर्ने समेत बताए ।

    उनले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे ।

    रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गरे । राष्ट्रघाती बिषयमा मात्र आफुले बोलेको भन्दै उनले पार्टीको हित बिपरित कहि कतै नवोलेको तर्क गरे ।

    त्यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology