Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सत्ता गठबन्धन चुनावसम्म जान्छ : माओवादी नेता गुरुङ

सत्ता गठबन्धन चुनावसम्म जान्छ : माओवादी नेता गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • १७:५६:२५ बजे
  • 895
    SHARES
  • सत्ता गठबन्धन चुनावसम्म जान्छ : माओवादी नेता गुरुङ

    माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।

    images

    बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने ।

    सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा छलफल भएको उनले बताए ।

    बैठकले चारै दलले आ-आफ्नो पार्टीभित्र छलफल गरेर मात्रै पछि सत्ता गठबन्धनले निर्णय लिने निष्कर्ष निकालेको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादी नेता गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology