Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक,श्रेष्ठले केन्द्रीय समितिमा फरक मत पेस गर्ने

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक,श्रेष्ठले केन्द्रीय समितिमा फरक मत पेस गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १०:००:१७ बजे
  • 1.1K
    SHARES
  • आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक,श्रेष्ठले केन्द्रीय समितिमा फरक मत पेस गर्ने

    सत्तारुढ नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय चर्को रुपमा उठने भएको छ ।

    images

    गत १३–१९ पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको विषयलाई लिएर बैठकमा चर्को रुपमा उठने भएको हो ।

    महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आएका नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रुपमा फरक मत राख्ने भएका छन् ।

    ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुने छ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुने छ ।’

    उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभुत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग राखेका छन् । माओवादी केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुँदै छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology