Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीलाई भीम रावलको जफाव देशको पक्षमा बोलेर ‘महाहिरो’ बन्नुहोस्

ओलीलाई भीम रावलको जफाव देशको पक्षमा बोलेर ‘महाहिरो’ बन्नुहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १०:०३:०० बजे
  • 1.3K
    SHARES
  • ओलीलाई भीम रावलको जफाव देशको पक्षमा बोलेर ‘महाहिरो’ बन्नुहोस्

    नेकपा एमालेका नेता डा. भीम रावलले देश पार्टी र व्यक्तिग स्वार्थभन्दा धेरै माथि भएको बताएका छन् । एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै नेता रावलले सो कुरा बताएका हुन् ।

    images

    नेता रावलले आफूलाई ‘हिरो’ बन्न खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको जफाव पनि दिए । अध्यक्ष ओली देशको पक्षमा बोलेर ‘महाहिरो’ भएको भए आफू खुशी हुने उनले बताए ।

    एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल ‘हिरो’ बन्न खोजेको बताएका थिए ।

    ओलीले भनेका थिए- ‘भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ, आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको बहानामा पृथक देखिएर गरिने क्रियाकलाप पार्टीको अनुशासनभित्र पर्दैनन् ।’

    ओलीको जवाफ दिँदै रावलले भने- ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

  • सम्बन्धित विषय:

  • # ‘महाहिरो’ बन्नुहोस्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology