Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १०:१२:४० बजे
  • 1.2K
    SHARES
  • युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

    एजेन्सी । युक्रेनको इनरहोडार सहरमा भएको युरोपनको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ ।

    images

    बीबीसीको अनुसार रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।

    इनरहोडारमा मेयर दिमित्रा ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए ।

    रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए ।

    युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जेपोरझेया प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ । यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ ।

    चर्नोबिल अहिले रुसको कब्जामा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology