Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा

युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १०:४२:३५ बजे
  • 1.7K
    SHARES
  • युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा

    रुसी सेनाले युक्रेनको समुद्री क्षेत्रमा रहेको शहर मारिउपोललाई आफ्नो कब्जामा लिएको छ ।

    images

    पूर्वी युक्रेनको महत्वपूर्ण शहरमा बिहीबार रुसी सेनाले कब्जा जमाएको हो । मारिउपोल शहरका मेयरले दिएको जानकारी अनुसार रुसी सेनाले अहिले सहरको विद्युत्, खाद्यान्न, पानी र यातायात सेवा अवरुद्ध पारेको छ ।

    मारिउपोल शहरका मेयर भादिम बोयचेन्कोले रुसले शहरको चारैतिरबाट धेरा हाल्दै आवश्यक सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको बताएका छन् । उनले यसलाई दोस्रो विश्वयुद्धमा नाजिहरुले अपनाएको खराब रणनीतिको संज्ञा दिएका छन् ।

    दोस्रो विश्वयुद्धमा नाजिहरुले रुसको दोस्रो ठूलो शहरमा आवश्यक सामग्रीको आपूर्ति रोकेका थिए । जसको कारण शहरमा बस्ने हजारौं मानिसको मृत्यु भएको थियो ।

    बोयचेन्कोका अनुसार रुसी सेनाले शहरको रेल सेवा अवरुद्ध पारेको छ । जसको कारण सहरका महिला तथा बालबालिकाको उद्धार पनि गर्न नसकिएको उनको भनाइ छ ।

    यो युक्रेनको रणनीतिक शहर हो । यहाँको जनसंख्या ४ लाखभन्दा धेरै छ । यसअघि रुसी सेनाले युक्रेनको खेरसन शहरमा कब्जा जमाएको थियो ।

    रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा पनि कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # रुसी सेनाको कब्जामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology