Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १३:३८:३० बजे
  • 952
    SHARES
  • सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

    images

    काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो ।

    फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।

    गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology