Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

केन्द्रीय समितिमा प्रचण्डको ब्रिफिङः एमसीसीलाई स्वीकार गरेर चुनाव केन्द्रीत होऔं

केन्द्रीय समितिमा प्रचण्डको ब्रिफिङः एमसीसीलाई स्वीकार गरेर चुनाव केन्द्रीत होऔं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १७:१३:३८ बजे
  • 868
    SHARES
  • केन्द्रीय समितिमा प्रचण्डको ब्रिफिङः एमसीसीलाई स्वीकार गरेर चुनाव केन्द्रीत होऔं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका छन् ।

    images

    प्रचण्डले सुरुमा ब्रिफिङ गरेको माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले जानकारी दिईन् । बैठकमा प्रचण्डले पार्टले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताएका थिए ।

    ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो । त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उध्दृत गर्दै नेतृ घर्तीले जानकारी दिइन् ।

    आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको भनाई थियो ।

    यस्तै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको प्रचण्डले बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको ब्रिफिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology