Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • १०:४४:१५ बजे
  • 892
    SHARES
  • राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै

    राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचितहरुको शपथ ग्रहण आज हुँदै छ । गत माघ १२ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत आएका १९ सदस्यले आज शपथ लिने तय भएको हो ।

    images

    शपथग्रहण कार्यक्रम आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा हुनेछ । राष्ट्रिय सभामा १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व देखिएको छ ।

    जसमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट र नेकपा एकीकृत समाजवादीबाट ५–५ जना निर्वाचित भएका छन् । यसैगरी, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन् ।

    १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । संघीय संसदको माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा स्थायी संसद हो ।

    यसमा कायम रहने ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा समाप्त हुन्छ र सट्टामा सोही परमाणमा नयाँ सदस्यहरु निर्वाचित हुने व्यवस्था छ ।

    सुरुमा गोलाप्रथाबाट सदस्यहरुको पदावधि निर्धारण गरिएको थियो, निरन्तरतामा भने सदस्यहरुको पदावधि ६ वर्षको हुने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # आज शपथ लिँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology