Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेन छिरेका सबै रुसी आर्मीलाई सिध्याउछौँ:युक्रेन

युक्रेन छिरेका सबै रुसी आर्मीलाई सिध्याउछौँ:युक्रेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • ११:३९:१२ बजे
  • 991
    SHARES
  • युक्रेन छिरेका सबै रुसी आर्मीलाई सिध्याउछौँ:युक्रेन

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् ।

    images

    उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै विशेष पूर्वयोजना भएकाले अप्रत्यासित सफलता मिलेको उल्लेख गरेका छन् । उनले युक्रेनका राष्ट्रपतिले युद्ध नायकका रुपमा देशको नेतृत्व गरिरहेको पनि उल्लेख गरेका छन् ।

    ती सल्लाहकारले युक्रेनले रुसको रणनीति र उसको कारवाहीका कारण गर्ने प्रभावहरुका बारेमा बुझेर अघि बढी रहेको जनाएका छन् ।

    युक्रेनको सुरक्षा दस्ता र नागरिकहरुको सहयोग र हौसलाका कारण हालसम्म रुसी कारवाहीको सजिलै सामना गरिरहेको पनि उनले उल्लेख गरेका छन् जसका कारण रुसी युद्ध मेसिनहरुलाई नै पिस्दै आएको सल्लहकार एलेक्सी एरिस्तोविकको भनाइ छ । युक्रेनको अध्ययन तथा बुझाइ अनुसार रुसी आर्मी बलियो छैन, मात्रै ठूलो संख्या मात्रै हो।

    रुसको आक्रमणविरुद्ध युक्रेनले पाइरहेको सफलताप्रति आश्चार्य नमान्न विदेशी सुरक्षा अधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।

    रुसले गरेको पूर्ण आकारको आक्रमणको तयारी निकै कम स्रोत र समयमा आफूहरुले गरेको पनि युक्रेनले जनाएको छ । सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ८० प्रतिशत सुरक्षा गार्डहरु युक्रेनमा रहेको दावी गर्दै ती सुरक्षा गार्डहरुलाई युक्रेनमै सिध्याउने उनले अठोट गरेका छन् ।

    उनले भनेका छन्, ‘पुटिनका ८० प्रतिशत आर्मी (युक्रेन)मा छन् । हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ।’ रुसले युक्रेनबिरुद्ध १० दिन देखि कारवाही जारी राखेको छ ।

    युक्रेनपनि रुसको कारवाही डटेर सामना गरिरहेको छ । रुसले युक्रेनको प्रमुख सहरहरु लक्षित कारवाही गरिरहेको छ । युद्धमा धेरै जनधनको क्षति भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # रुसी आर्मी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology