Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ : ओली

प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • १३:३०:२२ बजे
  • 730
    SHARES
  • प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरे ।

    images

    ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको उनको तर्क थियो ।

    आज (शनिबार) विर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको, कोसी सभ्यताबाटै उठेको, कोसीद्वारा नै सिञ्चित हाम्रो रगतमा कोसीको पानी छ । हाम्रो रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी छ, मकालुको पानी छ ।

    यसरी सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरुले कोसी प्रदेश नाम राख्न नसकेमा ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’ उनले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्न नसकिने बतातए ।

    साथै यसरी नामाकरण गरे इतिहास नै नसमेटिने उनको तर्क थियो । काेसी इतिहास, सभ्यता र साझा पहिचान भएकाले यही नामाकरण गर्न अभियान चलाउनुपर्ने समेत उनकाे भनाइ थियाे ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १ को नाम ‘कोसी’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology