Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • १३:५३:३३ बजे
  • 1.1K
    SHARES
  • राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    images

    सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासक्षम उनीहरुले शपथ लिएका हुन् । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् ।

    नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् ।

    नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफ्नो जातीय भेषभूषासहितको पहिरनमा आएका थिए ।

    राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरुको कार्यकाल छ वर्षको हुने छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरे ।

    सचिवालयका महासचिव डा.भरतराज गौतमले उनीहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology