Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • १३:५७:०९ बजे
  • 712
    SHARES
  • तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् ।

    images

    नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन् ।

    तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, “ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु ।”

    आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै उहाँले भन्नुभयो, “विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो ।” मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए ।

    “रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन”, उनले भने । मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताए । “म शासक होइन, सेवक हो, जनताको सेवामा सधैं समर्पित हुनेछु,” उनले भने । तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दाबी गर्दै मन्त्री श्रेष्ठले भानुमा रु ५० करोड र भिमादमा रु २५ करोडका योजना सञ्चालनको तयारीमा रहेकमो जानकारी दिए ।

    नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठले स्थानीयवासी अग्रसर नभएसम्म तनहुँसुरको विकास सम्भव नहुने बताए ।

    नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की र नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले तनहुँसुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।

    नेकपा (माओवादी) केन्द्रका नेता एवं स्थानीयवासी ज्ञानबहादुर थापा र मदन थापाले तनहुँसुरको विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसको नेतृत्व लिन पनि मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # श्रममन्त्री श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology