Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्रीय समिति बैठक आज पनि

माओवादी केन्द्रीय समिति बैठक आज पनि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • ०९:२६:३७ बजे
  • 898
    SHARES
  • माओवादी केन्द्रीय समिति बैठक आज पनि

    सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज आइतबार पनि बस्दै छ ।

    images

    बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी समिति गठनलगायतका एजेन्डामा छलफल हुने उनले बताए ।

    माओवादीले पदाधिकारीसँगै स्थायी समिति चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

    ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुने छ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रीय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology