तनहुँको मुख्य बजार दमौलीमा भएको आगो नियन्त्रण बाहिर जाने खतरा बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान हेलिकप्टर लिएर आफै दमौली पुगेका छन् ।
सिम्रिक एयरलाइन्सको हेलिकप्टर लिएर आगो निभाउन मन्त्री श्रेष्ठ गृहजिल्ला तनहुँको दमौली पुगेका हुन् ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव जगत खड्काका अनुसार, आगो नियन्त्रण बाहिर जाने स्थिति रहेको र तत्काल निभाउन दमकलको अभाव रहेको स्थानीय प्रशासनबाट जानकारी पाउनासाथ मन्त्री श्रेष्ठ हेलिकप्टर लिएर दमौली पुगेका हुन् ।
व्यास नगरपालिका ४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलबाट सुरु भएको आगलागी दुई घण्टादेखि नियन्त्रणमा आउन सकेको छैन । पसलबाट सुरु भएको आगलागी वरपरका घरमा समेत सल्किएका छन् ।
आगो नियन्त्रणका लागि दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी लगायतको सक्रिय सहभागिता छ ।