Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद अवरोध कायमै रहन्छ : एमाले

संसद अवरोध कायमै रहन्छ : एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • १९:२९:२४ बजे
  • 1.7K
    SHARES
  • संसद अवरोध कायमै रहन्छ : एमाले

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जारी संसद अवरोधन कायमै रहेको बताएका छन् ।

    images

    एमाले प्रमुख सचेतक भट्टराईले संसदीय समितिमा यसअघि पनि भाग लिएकोले यसपटक पनि त्यही गरेको, महाभियोग सिफारिस समितिमा बसे पनि संसद अवरोध कायमै रहने स्पष्ट पारेका हुन् ।

    उनले एमालेका मागहरु यथावतै रहेको भन्दै आफूहरूको सभामुखप्रति असहमति र आलोचना कायमै रहेको बताए । ‘हामीले यो घट्नालाई गम्भीर रूपमा लिएका छौ ।

    त्यसका लागि हामीले उच्च तहको नेतृत्व पठाएका छौ । हाम्रो पार्टीका उपाध्यक्ष र मन्त्री भएकानै तीन जना छन्’ उनले भने, ‘समितिमा त हामी पहिलैदेखि सामेल भइरहेका छौ ।

    हरेक समितिमा हामी छौ । अरु कुरामा हाम्रा बिमती बाँकी नै छन् ।’ समितिमा एमालेबाट बिष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन् ।

    समितिहरुमा अरूलाई वाकओभर छोड्ने एमालेको नीति नरहेको उनको भनाई छ । न्यायलयमा देखिएको अराजकता, अस्थिरता र उछृङखलतालाई गम्भीरतापूर्वक लिएको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology