Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गाउँपालिका अध्यक्ष हतियारसहित हिँडेपछि.......

गाउँपालिका अध्यक्ष हतियारसहित हिँडेपछि.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १४:३८:०६ बजे
  • 1.5K
    SHARES
  • गाउँपालिका अध्यक्ष हतियारसहित हिँडेपछि.......

    जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरको एक फोटो भाइरल बनेको छ । आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो ।

    images

    उनले हतियार बोकेर हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् ।

    अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताएका छन् । ‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो ।

    म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन’, उनले मिडियालाई भनेका छन् । अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको उनको भनाई छ । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।

    अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन् । उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताएका छन् । उनले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेको प्रजिअ शाहीको भनाई छ ।

    ‘लाइसेन्स भएका बन्दुक पनि कहाँ बोक्न पाइने कहाँ नपाइने सीमित क्षेत्रमा हुन्छ । सार्वजनिक रुपमा बोकेर हिँड्न मिल्दैन’, उनले भनेका छन् । प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए ।

    अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीको भनाई छ ।

    फोटो गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र हतियार बोकेका उनका सहयोगी

  • सम्बन्धित विषय:

  • # गाउँपालिका अध्यक्ष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology