Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड

संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • १६:३६:२८ बजे
  • 1.4K
    SHARES
  • संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताएका छन् ।

    images

    सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताए ।

    चार दलीय सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमालेले संसद चल्न नदिएको बताउँदै विघटन गरेर अर्ली इलेक्सनमा जान गठबन्धनमा प्रस्ताव गरेका थिए ।

    समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमालेले संसद चल्न नदिएर दुस्ख दिएको भन्दै सार्वजनिक रुपमै विघटन गरेर निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

    ‘वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचन सर्ने सम्भावना छैन,’ प्रचण्डले भने, ‘चल्न त प्रतिनिधिसभा विघटनको चर्चा चलेको छ तर, परिस्थिति त्यता गइसकेको छैन।’

    स्थानीय निर्वाचन नसर्ने भएकोले अब व्यापक तयारी गरेर जान अध्यक्ष दाहाले नेताहरुलाई निर्देशन दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology