Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

अध्यक्ष र उपाध्यक्षबीच कुटपिटपछि गाउँपालिकाको कार्यालय बन्द

अध्यक्ष र उपाध्यक्षबीच कुटपिटपछि गाउँपालिकाको कार्यालय बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • ०९:४२:३९ बजे
  • 787
    SHARES
  • अध्यक्ष र उपाध्यक्षबीच कुटपिटपछि गाउँपालिकाको कार्यालय बन्द

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटपछि उपाध्यक्षले अध्यक्षको दाँत झारिदिएको घटना सेलाउन नपाउँदै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाको नयाँ घटना बाहिर आएको छ ।

    images

    आइतबार दिउँसो गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवाल र उपाध्यक्ष फुलमती कुमारी थरुइनबीच विवादका क्रममा कुटाकुट भएको हाे।

    अध्यक्ष जैसवालसँग गाउँपालिकाभित्र भएको विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले आफूमाथि हातपात भएको उपाध्यक्ष चौधरीले बताएकी छन् । तर, अध्यक्ष जैसवाल भने त्याे मान्न तयार छैनन् । उपाध्यक्षले लगाएको सबै आरोप झुटो भएको उनले बताएका छन् ।

    उनका अनुसार मेरो समूहले उनीमाथि हातपात गरेको होइन उल्टै उपाध्यक्ष थरुइन्ले पानीको बोत्तलले मलाई प्रहार गरेकी हुन् ।

    सोमबार अध्यक्ष जैसवालले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी आफूमाथि दूव्र्यवहार भएको आरोप लगाएका हुन् । तर, उपाध्यक्ष थरुइनले भने अध्यक्षको समूहले आफूमाथि आक्रमण गरेको ढिपी कसिन् ।

    उपाध्यक्ष थरुइनले आफूलाई शरीरमा निलडाम बस्ने गरी कुटपिट गरिएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिने पनि बताएकी छन् ।

    आइतबार दिउँसो भएको झगडा सोमबारसम्म नमिल्दा सोमबार दिनभर गाउँपालिकाको कार्यालय बन्द गरिएको त्यहाँका एक कर्मचारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology