Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

अधिकार प्राप्ती र कार्यान्वयनमा जुट्न प्रचण्डको अपील

अधिकार प्राप्ती र कार्यान्वयनमा जुट्न प्रचण्डको अपील

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • ०९:४४:५८ बजे
  • 727
    SHARES
  • अधिकार प्राप्ती र कार्यान्वयनमा जुट्न प्रचण्डको अपील

    ११२औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन ।

    images

    सम्पूर्ण मुक्तिकामी महिला दिदीबहिनीहरुका नाममा सम्बोधन गरिएको शुभकामना सन्देशमा प्रचण्डले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायू सहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

    आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको प्रचण्डले स्मरण गरेका छन ।

    अध्यक्ष प्रचण्डले आजको दिनलाई महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन भनेका छन ।

    मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

    अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।

    महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन् ।’

    २१औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन अध्यक्ष प्रचण्डले शुभकामना विज्ञप्ती मार्फत अपील गरेका छन ।

    Mahila.jpg

  • सम्बन्धित विषय:

  • # प्रचण्डको अपील
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology