नेपाल राष्ट्र बैंकले सुनौलो रंगमा टकमरी गरिएको एक रुपैयाँ दलको सिक्का मंगलबारदेखि चलनचल्तीमा ल्याउने भएको छ ।
सिक्काको आकार भने हाल प्रचलनमा रहेको सिक्का सरह नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।
यसको माथिल्लो भाथमा अग्रेजी अक्षरमा ‘रि वान’ र तल्लो भागमा देवनागरी लिपिमा ‘रुपैयाँ १’ लेखिएको छ ।