Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

चुनाव चिन्हमा ओलीको आपत्ति: ‘हरियो सरियो हुँदैन’

चुनाव चिन्हमा ओलीको आपत्ति: ‘हरियो सरियो हुँदैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • १६:५२:३० बजे
  • 847
    SHARES
  • चुनाव चिन्हमा ओलीको आपत्ति: ‘हरियो सरियो हुँदैन’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न हरियो राखेको भन्दै आपत्ति जनाएका छन् ।

    images

    काठमाडौंमा आज अखिल नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमाआयोजत कार्यक्रममा अध्यक्ष ओलीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आयोगले चुनाव चिह्न हरियो राखेको भन्दै आपत्ति जनाएका हुन् । ‘निर्वाचन आयोगले मतपत्रका चिन्वहरुमा हरियो राख्ने भयो रे ।

    हरियो चिन्ह किन राख्न्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनु पर्यो,’ ओलीले भने । उनले निर्वाचन आयोगले कुन हिसावले यस्तो चिन्ह राखेको भनेर सोध्न नभ्याएको बताउँदै अध्यक्ष ओलीले भने, ‘यो धार्मिक हिसाबले राख्ने हो ?

    के हिसाबले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो चिन्ह छ देखिने त्यसकारण राख्ने ?’ उनले प्रश्न गर्दै भने, ‘सबैतिर जनताले रुखै रुख देखोस् भनेर राख्ने हो ।’ उनले निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्ने बताए ।

    ‘यदि निर्वाचन आयोगले हरियो राख्ने निर्णय गरेको भने त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’

  • सम्बन्धित विषय:

  • # ‘हरियो सरियो हुँदैन’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology