Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिका र बेलायतले लगायो रुसी तेल आयातमा प्रतिबन्ध

अमेरिका र बेलायतले लगायो रुसी तेल आयातमा प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • १०:४५:५५ बजे
  • 1.7K
    SHARES
  • अमेरिका र बेलायतले लगायो रुसी तेल आयातमा प्रतिबन्ध

    एजेन्सी । अमेरिका र बेलायतले रुसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् ।

    images

    आफूले चालेको कदमले प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले भनेका छन्– ‘हामी रुसबाट हुने तेलको आयातमाथि प्रतिबन्ध गर्दैछौं ।’ यता बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो कदमले रुसमाथि तत्काल असर नपरे पनि केहि समयपछि ठूलो असर देखिने बताएका बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा तेल र अन्य परिष्कृत उत्पादनको ८ प्रतिशत र बेलायतमा तेलको करिब ६ प्रतिशत आयात रुसबाट हुने बीबीसीले जनाएका छ ।

    अमेरिका र बेलायतले तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा उता रुसले भने कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

    रुस युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुस हरेक दिन ४० देखि ५० लाख ब्यारल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्छ ।

    जारी संघर्षका बीच रुसमाथिको निर्भरता कम गर्न युरोपेली मुलुकले विभिन्न विकल्प सोचिरहेका छन् । बिहीबार यसै विषयमा कुरा गर्न युरोपेली संघको बैठक बस्दै छ । साथै युरोपका नेताहरूले युरोपमा नयाँ इतिहास बन्न गइरहेको दाबी गरिरहेका छन् ।

    सन् २०३० सम्म विकास र लगानीका साथै ऊर्जा आपूर्तिका लागि नयाँ रुटको खोजी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । सन् २००८ पछि विश्वबजारमा कच्चा तेलको मू्ल्य उचाइमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # तेल आयातमा प्रतिबन्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology