Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्रहार

रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • ०९:१०:२९ बजे
  • 1.1K
    SHARES
  • रुसी सेनाद्वारा युक्रेनको अस्पतालमा बम प्रहार

    युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् ।

    images

    बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्‍याएको जनाइएको छ ।

    अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताएका छन् ।

    उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भएको बताएका छन् ।

    बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उनले आग्रह गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology