Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचन आयोगको स्पष्टोक्ति : मतगणनामा सहजता ल्याउन मतपत्रमा हरियो रंग

निर्वाचन आयोगको स्पष्टोक्ति : मतगणनामा सहजता ल्याउन मतपत्रमा हरियो रंग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २६, २०७८ बिहिवार • १९:०९:१४ बजे
  • 1.2K
    SHARES
  • निर्वाचन आयोगको स्पष्टोक्ति : मतगणनामा सहजता ल्याउन मतपत्रमा हरियो रंग

    निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ ।

    images

    बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक चिन्ह एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रंगको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताए ।

    गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको भन्दै उनले यसमा द्विविधा भए आयोगले प्रष्ट पार्ने धारणा राखे ।

    त्यस्तै, आयोगसँग भएको भोटिङ मेसिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानुनी पूर्वाधार नबनेको उल्लेख गरे ।

    सूचना अधिकारी अर्यालले मतदाता नामावली अध्यावधिक गर्ने काम नियमित भइरहेको र अन्तिम नामावली गर्ने चरणमा आयोग पुगेको जानकारी दिए ।

    त्यस्तै, निर्वाचन प्रयोजनका लागि २३ प्रकारका निर्वाचन सामाग्रीहरु खरिदका लागि न्यूनतम खरिद मूल्य प्रस्ताव गर्ने कम्पनीको नाम स्वीकृत भएको र सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए । आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नाम प्राप्त भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मतपत्रमा हरियो रंग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology