Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी : प्रचण्ड

राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • ११:१६:२० बजे
  • 3.0K
    SHARES
  • राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।

    images

    देश माओवादीकै एजेन्डामा चलिरहेको बताउँदै उनले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चलिरहेको उनको भनाइ छ ।

    शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सबै निर्वाचनसम्म गठबन्धन सुरक्षित रहने बताए । “गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,” उनले भने ।

    माओवादी केन्द्र कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसीको विषयलाई लिएर गठबन्धनमा कुनै खटपट नभएको बताए ।

    प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइरहेको दाबी गरे । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ ।

    “अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौँ, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ,” उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology