Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक

निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • ११:२१:१० बजे
  • 1.1K
    SHARES
  • निर्वाचन आयोगले डाक्यो तीनै तहका दलहरुको बैठक

    निर्वाचन आयोगले तीनै तहमा प्रतिनिधित्व गर्ने दलहरुको सवैदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीतिबारे छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको हो। निर्वाचन आयोगले स्थानीय तहको चुनाव घोषणा गरेको फागुन २४ गते एक महिना पुगिसकेको छ ।

    images

    यस अवधिमा आयोगले गरेका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिकाबारे छलफल गर्न आज विहान ११ बजे बैठक बोलाएको छ ।

    बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुँदैछन । बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

    आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् । ती दलका सम्बन्धमा आयोगले जाँचबुझ अन्तिम चरणमा पुर्याएको र स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी ३० २०७९ साल वैशाख ३० का लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology