Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार, जेठ २ अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार, जेठ २ अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • ११:२५:२८ बजे
  • 952
    SHARES
  • सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार, जेठ २ अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

    नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ।

    images

    उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ।

    यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ। प्राधिकरणले बिहीबार आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले सहजै अनुमति पाउने भएका छन्।

    सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन्। विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्यांकका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्नेनसक्नेबारे जानकारी पाएका छन्।

    उड्डयन प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार अब चाँडै गौतम बुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजहरूले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ देखि परीक्षण उडान गरी जेठ २ अर्थात् बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान खोल्ने सरकारको तयारी छ।

    उक्त तयारीअनुसार विमानस्थलले अबको दुई साताभित्रै नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेटसमेत पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको छ। याे खबर नागरिक दैनिकमा छ।

  • सम्बन्धित विषय:

  • # सात दशकपछि दोस्रो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology