Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किभ नजिकै पुग्यो ठूलो संख्याको रुसी सेना

किभ नजिकै पुग्यो ठूलो संख्याको रुसी सेना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • ११:२७:३२ बजे
  • 1.1K
    SHARES
  • किभ नजिकै पुग्यो ठूलो संख्याको रुसी सेना

    एजेन्सी । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् । युद्ध शुरु भएको पहिलो साता नै ठूलो संख्यामा किभतर्फ अघि बढेको रुसी फौज बीचमै रोकिएको थियो ।

    images

    बिहीबार रातिदेखि भने रुसी फौज किभतर्फ अघि बढेको र राजधानी भन्दा पाँच किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । रुसी सेना युक्रेनको राजधानी शहर किभको पाँच किलोमिटर नजिक पुगेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

    पछिल्लो २४ घण्टामा रुसी सेना युक्रेनको राजधानीको नजिकै पुगेको उनीहरुको भनाइ छ । युक्रेनको उत्तर-पश्चिमबाट राजधानीतर्फ आइरहेको रुसी सेना राजधानीको केन्द्रभन्दा अब केवल १५ किलोमिटर टाढा छन् ।

    रुसी सेना किभभन्दा करिब ४० किलोमिटर टाढाबाट उक्त स्थानसम्म आइपुगेको अधिकारीहरुले बताएका छन् । युक्रेनको उत्तरी शहर चेर्निहिभ अहिले अन्य भागबाट एक्लिएको उनीहरुको भनाइ छ ।

    रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेयता अहिलेसम्म ७७५ मिसाइल प्रहार गरिरहेको छ । उसले सबै किसिमको मिसाइल प्रहार गरेको छ ।

    बिहीबार किभका मेयरले अहिले राजधानी शहर सशस्त्र आम नागरिकले रक्षा गरिरहेको बताएका थिए । उनले किभमा आफूहरुको बलियो पकड रहेको बताएका थिए । किभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी सेनाले अवरोध गर्ने अनुमान गरिए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन ।

    रुसी फौज किभतर्फ अघि बढ्दै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले मानवीय संकट उत्पन्न हुनेतर्फ चिन्ता ब्यक्त गरेका छन् । रेडक्रसलगायतका संस्थाहरुले किभमा ठूलो संख्यामा रुसी फौज उपस्थित भएपछिको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेको छ ।

  • सम्बन्धित विषय:

  • # किभ नजिकै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology