Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कार्यकर्तालाई प्रशिक्षण दिन ‘प्रचण्ड’ एकाबिहानै हानिए सुर्खेततिर

कार्यकर्तालाई प्रशिक्षण दिन ‘प्रचण्ड’ एकाबिहानै हानिए सुर्खेततिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • ११:२९:५८ बजे
  • 943
    SHARES
  • कार्यकर्तालाई प्रशिक्षण दिन ‘प्रचण्ड’ एकाबिहानै हानिए सुर्खेततिर

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार कर्णाली प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन् । ‘प्रचण्ड’को सचिवालय स्रोतका अनुसार शुक्रबार बिहानै उनी सुर्खेततर्फ प्रस्थान गरेको छन् ।

    images

    उनले आज कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने र प्रशिक्षण दिने जनाइएको छ । माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम थालेको छ । अध्यक्ष ‘प्रचण्ड’ले बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

    ‘प्रचण्ड’ सुर्खेतबाट आजै काठमाडौं फर्किने उनको सचिवाले जनाएको छ । अध्यक्ष प्रचण्ड काँग्रेस नेताहरुको अभिव्यक्तिसँग असन्तुष्ट बन्दै आएका छन् ।

    पछिल्लो समय माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै प्रचण्ड पार्टी संगठनको काममा ब्यस्त रहेका छन् । उनले एक कार्यक्रममा सत्ता गठबन्धन दल नेपाली कांग्रेसलाई आफूहरुले नै सिंहासनमा पुर्याएको भन्दै आफूहरुलाई धेरै गाली नगर्न चेतावनीसमेत दिएका थिए ।

    त्यसअघि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै काँग्रेसलाई हात्ति र गठबन्धनका अन्य दललाई चमेरेको संज्ञा दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology