Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • १४:५९:०४ बजे
  • 3.2K
    SHARES
  • एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।

    images

    निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए ।

    एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे । ‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ ।

    तपाईंहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाईंहरु टेन्डर हाल्नुहोस् र पार्नुहोस् ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology