Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुटिनलाई जेलेन्स्कीको प्रश्न- कुन रासायनिक आक्रमण गर्न चाहन्छौं ?

पुटिनलाई जेलेन्स्कीको प्रश्न- कुन रासायनिक आक्रमण गर्न चाहन्छौं ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • १५:०२:०१ बजे
  • 1.2K
    SHARES
  • पुटिनलाई जेलेन्स्कीको प्रश्न- कुन रासायनिक आक्रमण गर्न चाहन्छौं ?

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् ।

    images

    भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो ।

    ‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं कि रुसको योजना बुझ्न उसले अरुलाई के आरोप लगाउँछ भन्ने हेर्नु जरुरी छ’, जेलेन्स्कीले भने, ‘रासायनिक आक्रमणको तयारीको आरोप के हो ?’ रुसलाई निशाना साँध्दै उनले भने, ‘अब हामीमाथि कुन रासायनिक हतियारको प्रयोग गर्ने तयारी भइरहेको छ ?’ ‘मेरो भूमिमा कुनै पनि रासायनिक वा ठूला क्षति पुर्‍याउने हतियार निर्माण भएको छैन’, जेलेन्स्कीले थपे ।

    बिहीबार युक्रेनका ४० हजार मानिसको उद्धार गरिएको उनले बताए । पछिल्लो दुई दिनमा एक लाखसम्म मानिसहरुको उद्धार भएको जेलेन्स्कीको भनाइ छ ।

    यद्यपि मारिउपोल र त्यसको नजिकै रहेको भोल्नोभाख शहरको बाटो भने पूणर्रुपमा बन्द रहेको जेलेन्स्कीले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology