Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ : ओली

अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • १५:१७:२० बजे
  • 412
    SHARES
  • अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ : ओली

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् ।

    images

    पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताए ।

    ‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’

    अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology