Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राम राज्य कस्ताे थियाे भन्ने कसैलाई थाहा छैन,सबै ति हल्ला हुन्:ओली

राम राज्य कस्ताे थियाे भन्ने कसैलाई थाहा छैन,सबै ति हल्ला हुन्:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७८ शुक्रवार • १५:२०:२८ बजे
  • 1.6K
    SHARES
  • राम राज्य कस्ताे थियाे भन्ने  कसैलाई थाहा छैन,सबै ति हल्ला हुन्:ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्‍याएका छन् ।

    images

    पाेखरामा प्रेस चाैतारीकाे महाधिवेसनलाई सम्बाेधन गर्दै उनले भने, `रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् ।

    उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।´ उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए ।

    ‘सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´ उनले भने, ‘राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।

    सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । `रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन ।

    लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ ओली भन्छन्, `कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।´

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology