Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावः संसदमा छलफल हुने

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावः संसदमा छलफल हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७८ शनिवार • १०:१६:०३ बजे
  • 1.1K
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावः संसदमा छलफल हुने

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावबारे संसद्‌मा छलफल हुने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌ बैठकमा छलफल प्रक्रिया अघि बढ्ने भएको हो ।

    images

    फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने तय भएको छ ।

    संसद्को आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

    जबराविरुद्ध फागुन १ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

    प्रस्तावमा तीनवटै दलका ९५ जना सांसद्हरुले समर्थन जनाएका छन ।

  • सम्बन्धित विषय:

  • # संसदमा छलफल हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology