Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युक्रेनबाट कच्चा पदार्थ आएन, नेपालमा खाने तेलको उत्पादन घट्यो

युक्रेनबाट कच्चा पदार्थ आएन, नेपालमा खाने तेलको उत्पादन घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७८ शनिवार • १०:२१:२८ बजे
  • 1.3K
    SHARES
  • युक्रेनबाट कच्चा पदार्थ आएन, नेपालमा खाने तेलको उत्पादन घट्यो

    कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् ।

    images

    युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।

    नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताए ।

    “न्यूनतम २५ प्रतिशतले सबैले उत्पादनमा कटौती गरिसकेका छन्, कच्चा पदार्थको मौज्दात कम भएसँगै उत्पादनमा कटौती गर्न बाध्य हुनु परेको हो,” शारडाले भने क्वालिटी आयल रिफाइनरीको सञ्चालक एवं उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष विपिन काबराले कच्चा तेल लोड भएका जहाजको चलान रद्द भएसँगै नेपाली उद्योगीहरू थेगिएर मात्रै उत्पादन गर्ने स्थितिमा पुगेको बताए तर जहाजको चलान रद्द भए पनि नेपाली उद्योगीको रकम डुब्ने स्थिति नभएको काबराको भनाइ छ ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology