Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको किभनजिकै पुग्यो रुसी सेना : हरेक ३० मिनेटमा गोलाबारी

युक्रेनको किभनजिकै पुग्यो रुसी सेना : हरेक ३० मिनेटमा गोलाबारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७८ शनिवार • १२:२४:२७ बजे
  • 865
    SHARES
  • युक्रेनको  किभनजिकै पुग्यो रुसी सेना : हरेक ३० मिनेटमा गोलाबारी

    किभ । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ ।

    images

    रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसद्ले ट्विटरमा भनेको छ, ‘उनले दुश्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’

    दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् ।

    मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो सहरका मेयरले बताएका छन् । सो सहरमा १२ सय जनाको मृत्यु भइसकेको छ ।

    खाद्यन्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । सहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् ।

    मारिओपोलमा बिगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् । रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्य सहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए ।

    हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology